पोखरा
कास्की क्षेत्र नं. २ मा निर्वाचनको मिति नजिकिदै गर्दा पार्टीहरुले प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् । समाजबादी पार्टीले पनि आफ्नो चुनावी अभियानलाई तिव्रता दिएको छ । लामो समय युएनमा काम गरेका इन्जिनियर धर्मराज गुरुङलाई यति बेला मत माग्न भ्याईनभ्याई छ ।
समाजबादी पार्टीले सोमबार नयाँ गाउँमा र तमुधीको कार्यालयमा प्रचारप्रसार कार्यक्रम गरेको थियो । नयाँ गाँउमा भएको घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले भने–‘चिल्ला कुरा गर्नेहरुले देश डुवाए अव काम गर्नेहरुलाई भोट दिनुस । समाजबादी पार्टीले गफ गर्दैन काम गरेर देखाउछ । ’
गुरुङ समुदायबाट एक मात्र उम्मेदबार रहेका धर्मराजले यस पटकको चुनाव समाजबादीले जित्ने दावी समेत गरे । जनताहरु भ्रष्ट्राचार र ढिलासुस्तीबाट आजित भएको हुँदा अबको निर्वाचनमा बिकल्पको रुपमा समाजबादी पार्टीलाई मतदान गर्ने बिश्वास समेत व्यक्त गरेका हुन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...