वैज्ञानिक र डाक्टर मिलेर पहिलो पटक एउटा बालिकाको यसरी गरे गर्भमै दुर्लभ रागको उपचार

अमेरिका– अमेरिका तथा क्यानडाका वैज्ञानिक तथा डाक्टर मिलेर एक बालिकाको दुर्लभ रोगको उपचार गर्भमै गर्न सफल भएका छन् ।
डाक्टरहरुका लागी समेत कठिन रहेको यो उपचार उनिहरुले गरिदिएका हुन । क्यानडाको ओन्टारियोकी आयला बशीर नामकी बालिकाको यस अघि कहिल्यै नभएको दुर्लभ रोगको उपचार गर्भमै संभव भएको छ । अहिले यी बालिका डेढ वर्षकी भएकी छिन् । यस अघि यी बालिकाको दुई दिदिबहिनीको यही रोगका कारण ज्यान गएको थियो । बालिकाको परिवार एउटा यस्तो जेनेटिक बिमारबाट ग्रस्त छन् जसको शरीरमा प्रोटिन नै बन्दैन जसको कारण रोगीको ज्यान जाने गरेको छ ।
ऋायलका बाबु जाहिद बशिर र आमा सोयिबा कुरैशी यही कारण यस अघि दुई बच्चा गुमाएपछि पीडामा थिए । उनिहरुको पहिलो बच्चा ५ र अर्को ८ महिनामा बितेका थिए ।
अहिले वैज्ञानिक तथा डाक्टरको प्रयास पछि तेस्रो सन्तनान आयल स्वस्थ रहेकी छिन् ।
यो नया प्रद्धतिको उपचारले सबैलाई चकीत पारेको छ । यो सम्बन्धी रिपोर्ट न्युइगलेन्ड जर्नलमा प्रकाशित भएको छ । यस्तो रोगीहरु जन्मेपछि उपचार संभव नभएकाले गर्भ अवस्थामै गरिएको प्रयास पहिलो पटक सफल भएको हो ।
यो उपचार पद्धतिको विकास अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका सह निर्देशक तथा बाल रोग विशेषज्ञ डाक्टर टिपी मैकिन्जीले गरेका हुन । उनको अनुसार यो भन्दा पहिला गर्भमा यसरी बच्चाको उपचार नगरिएको बताएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...