टेक्सस– अमेरिकाको टेक्ससमा आउदा नोभेम्बर २० मा
नेपालमा असहाय गरीब बालबालिकालाई शिक्षामा सहयोग गर्ने उद्देश्य सहित विशेष सागीतक कार्यक्रम हुने भएको छ ।
कार्यक्रमको मुख्य आकर्षण चर्चित हास्य जोडी मदनकृष्ण र हरिवंश रहनेछन् । कार्यक्रम टेक्ससको आर्लिङटनको म्युजिक हलमा हुनेछ । साथमा रामकृष्ण ढकाल, प्रिया भण्डारी र सुरेन गौतमको पनि प्रस्तुती रहने स्थानिय आयोजक नेपाली समाज टेक्ससले जनाएको छ ।
नेपालमा संचालित समता स्कुलले कठिन अवस्थाका बालबालिकालाई नर्सरी देखि स्नातक सम्म मासिक एक सय रुपैयामा अग्रेजी माध्यमबाट पढाउदै आएको छ ।
अमेरिकामा विभिन्न राज्यमा समता स्कुल फाउन्डेसनलाई सहयोग जुटाउन मह जोडीले सागीतिक कार्यक्रम गदै आएका छन् । गएको नोभेम्बर ५ देखि समता सांगीतक कार्यक्रम अमेरिकामा सुरु भएको हो । अमेरिकामा रहेको ग्लोबल सिनेटले अमेरिकाभर यो कार्यक्रमको मुख्य संयोजन गरिरहेको डा उत्तम गौलीले बताएका छन् ।
समता स्कुलले बिगत २२ वर्षदेखि नेपाल भर विभिन्न गरिब तथा जेहेन्दार बालबालिकालाई स्तरीय शिक्षा दिदै आएको छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected