नेपाली चेली परिजिता बास्तोला “द भ्वाइस “मा दाबेदारको रुपमा अगाडी आउदै
अमेरिका–एक नेपाली मुलकी चेलीले हलिउड नगरीको विश्व चर्चित अमेरिकी टेलिभिजनको गायन शो द भ्वाइसमा यतिबेला धुम मच्चाइरहेकी छिन् । उनी हुन अमेरिकाको मेरिल्यान्ड निवासी परिजिता बास्तोला । केवल १७ वर्षिया यी किशोरीले यो गायन प्रतियोगिताको विभिन्न चरण पार गदै अहिले उत्कृष्ठ १३ भित्र आफुलाई उभ्याउन सफल भएकी छिन् । टप १६ अन्तर्गतको प्रस्तुती पछि जादुमय स्वर छदै १३ औ स्थान सुरक्षीत गरेकी हुन । उनले सर्वाधिक मत समेत ल्याएको बताइएको छ । परिजिताले गायनमा तहल्का सगै नेपाली पहिरनलाई समेत अन्तराष्ट्रिय मञ्चमा चिनाइरहेकी छिन् ।
१३ औ स्थानका लागी लागी भिडेकी उनको प्रस्तुतीमा लोभिएर निर्णायक मण्डमा रहेका जजहरु ऋाफनो स्थानबाट उठेर उनलाई हौंसाएका थिए । २२ औ संस्करणको यो प्रतियोगितामा परिजिता अहिले दाबेदारको रुपमा हेरिएकी छिन् । नेपाली तथा एशियन संगै अमेरिकी संगीत प्रेमीहरुले समेत उनलाई साथ दिएका छन् ।
कलिलो उमेरमै उनले प्रस्तुत गरेको गायकीको सबैतिर तारिफ भइरहेको छ ।
द भ्वाइसलाई ससारकै उत्कष्ठ गायन रियलिटी शो मानिन्छ । नेपालमा समेत यसको फ्र्न्चाइजी हो द भ्वाइस अफ नेपाल निकै चर्चित छ ।
परिजिता बुबा पंकज आमा बिरा तिवारी तथा दिद प्रियाका सगै मेरिल्यान्डमा बस्दै आएकी छिन् । उनले चार वर्षको उमेर देखि अग्रेजी गायनमा आफुलाई रुची देखाउदै आएकी थिइन । काठमान्डौबाट उनको परिवार वर्षो अघि अमेरिका आएका थिए । परिजिताको जन्म अमेरिकामै भएको हो र उनी दोस्रो पुस्ताकी उदाउदै गरेकी गायिका हुन ।