स्टीव जब्सको पुरानो चप्पल २ लाख १८ हजार अमेरिकी डलरमा लिलामी
अमेरिका– एप्पल कम्पनीका को फाउन्डर तथा सिइओ रहेका स्टीव जब्स हामीले प्रयोग गदै आएको प्रविधिका महान दाता हुन । उनको मुत्यु भएको एघार वर्ष बितिसककेो छ । अहिले पनि उनको एप्पल कम्पनीका प्रविधिहरु धमाधम लन्चिङ भइरहेका छन् ।
यिनै महान व्यक्तिको पुरानो चप्पल २ लाख १८ हजार ७५० अमेरिकी डलरमा लिलामी भएको छ । जब्सले यो चप्पल एप्पल कम्पनीको सुरुवाती दिन अर्थात १९७० तथा १९८० को दशकमा पहिरिएका थिए । यसरी एउटा चप्पल यति ठुलो रकममा लिलामी भएको यो पहिलो पटक भएको बताइएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...