अमेरिका– अमेरिकाको क्यालिफोर्नियमा बसोबास गर्ने नेपाली युवा अनिल सिटौला गाडीको ठक्करबाट गंभीर घाइते भएपछि अस्पतालको आइसियुमा जीवन र मरणको दोसाधमा रहेका छन् ।
अमेरिका घुम्न आएका नेपालीले चलाएको गाडीले उनलाई ठक्कर दिएपछि उनको यो अवस्था भएको हो । ठक्कर दिने नेपाली चालक माधव दुलाल रहेको पीडत सिटौलाकी श्रीमति पिंकी  दुलालले युएसनेपाल पोष्टलाई बताएकी छिन  । घटना पछि दुलाल फरार रहेको र नेपाली पुगीसकेको हुन सक्ने आंशका गरिएको छ । उनले तीन दिन अघि प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ । परिवारमा एक मात्र कमाई गर्नेकेा येा अवस्था भएपछि सिटैालाकेा परिवारमा बिचल्ली भएकेा छ ।

धाईते सिटैाला श्रीमति र १९ महिने छेाराकेा साथ । फाईल फेाटेा

गएको अक्टोबर २१ एउटा रमाइलो बारबिक्यु पार्टीमा खाना बनाइरहेका सिटौलालाई दुलालले हाकेको गाडीले ठक्कर दिएपछि उनको अहिले एउटा दाहिने खुट्टा र शरीरको हर चल्दैन । छातीमा समेत गंभीर चोट लागेपछि उनको मतिष्कले समेत राम्रो काम गर्न सकेको छैन । उनको शरीरमा थप के भएको हो डाक्टरले समेत पत्ता लाग्न सकेको छैन ।

प्रहरी रिपेार्टमा ठक्कर दिने चालककेा नाम माधव दुलाल

दुखाई कम   खाएर उनी बोल्न सक्छन् । सुरुमा गाडीले उनको छातीमा हानेको थियो । त्यसपछि ढलेका उनको छातीमा किच्दै खुट्टा र टाउकोमा किचेपछि उनी बेहोस भएको परिवारले बताएका छन् । उनलाई ठक्कर दिने नेपाली चालक माधव दुलाल फरार भएपछि अहिले उनि विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

ठक्कर दिने नेपाली चालक माधव दुलाल

अस्पतालको बेडमा रहेका सिटौलाको १९ महिनाको छोरा र श्रीमति रहेका छन् । श्रीमति पिंकी बच्चा हेर्ने र आफुले मात्रै काम गदै आएका उनको यो अवस्था भएपछि घर खर्च जुटाउन समेत हम्मे परेको छ । उनले हालै घर समेत किनेका थिए । उनको उपचारमा इन्सुरेन्सले पनि पुरै कभर गरेको छैन । उनका सहयोगका लागी श्रीमति पिन्कीले गोफन्ड मार्फत सहयोगका लागी आग्रह गरेकी छिन् । २०१५ मा विद्यार्थी भिसामा सिटैाला  अमेरिका आएका थिए ।

https://gofund.me/7a2e12b2

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected