अमेरिका–अमेरिकामा यतिबेला चिसाको कहर बढेर गएको छ । उत्तरी न्युयोर्कमा शनिवार बिहान देखि परेको हिमआधीले ज्यान समेत गएको छ । एरी काउन्टीमा हिउ सफा गर्ने क्रममा दुइ जनाको ज्यान गएको छ । यस्तै इन्डियानामा सडकको हिउ सफा गर्ने क्रममा अर्को एक व्यक्तिको मुत्यु भएको छ ।
सडकमा ६ फिट सम्म हिउ जमेको छ । हिम सहितको आधीले विशेष गरि बफेलो मेट्रो इलाका विशेष रुपमा प्रभावित बनेको छ ।
राष्ट्रिय मौसम विभागका अनुसार सहरको लगभग ८० माइल उत्तरपुर्वको फोर्ट ड्रम आर्मी बेस क्षेत्रमा ६ फिट सम्म हिउ जमेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected