अमेरिका–आफनै आमाको हत्या गरेर मृत शरीर संग सेल्फी खिच्ने ३३ वर्षिय कुर छोरा डेविड सुम्नीलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।
अमेरिकाको पेन्सिलभेनियाका सुम्नीले आफनी ६७ वर्षिया आमा मार्गरेट सुम्नीको हत्या गरेको अभियोगमा जेल सजाय सुनाएको हो । उनले २०१९ मा आफनी आमाको हत्या गरेका थिए र सजाय हालै मात्र अदालतले २० वर्षको जेल सजाय सुनाएको हो । हत्या पछि उनले लत्पतिएको रगत संगै मृृत शरीरक संगै २७५ भन्दा बढी सेल्फी फोटो लिएका थिए ।
उनले आमाको हत्या गरेको केही दिन पछि उनलाइृ प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीसगबाट आमाको ब्रासलेट डेबिट कार्ड र तीन वटा चेक समेत प्राप्त गरेको थियो । हत्यापछि उनले फिलाडेल्फियामा एउटा हाटल बुक गरेका थिए र होटल म्यानेजरलाई आमाको मोतीको एउटा सेट समेत दिएका थिए ।
उनलाई मृत्युदण्ड हुनुपर्ने सजायको माग गरिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected