अमेरिका आउनेहरुलाई खुशीको खबर, अव भिसाका लागी पर्खनु पदैन लामो समय

अमेरिका– नेपाल लगायत विदेशका विभिन्न मुलुकबाट अमेरिका आउनेहरुले अब भिसाका लागी लामो समय पर्खनु नपर्ने भएको छ ।
अमेरिकाको विदेश विभागले भिसा संग सम्बन्धीत सबै प्रकृया अव तिब्र रुपमा अगाडी बढाउने बताएको छ ।
अव २०२३ मा अमेरिका आउन चाहनेहरुको भिसा आवेदन कोरोना महामारी भन्दा अगाडीको समय जस्तै नियमित हुने विभागले जनाएको छ । विभागले राष्ट्रीय सुरक्षालाई ध्यानमा राखेर अमेरिकाको वैध यात्रा सुविधाजनक बनाउन प्रतिवद्ध रहेको जनाएको छ ।
अमेरिकाको विदेश विभागले एक विज्ञप्ती जारी गदै ससारभरबाट अमेरिका आउनेहरुको भिसा प्रतिक्षाको अवधि अहिले देखि नै सफलतापुर्वक घटाउदै लगिएको बताएको छ ,।
विभागले कयौ देशमा कोरोना सम्बन्धी प्रतिबन्धका कारण पनि भिसा प्रकृयामा ढिलाइ भएको बताएको छ । अधिकांश देशमा प्रतिबन्ध हट्यो भने ९६ प्रतिशत नियमित भिसा दुताबासहरुले प्रदान गर्न सक्नेछन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...