टेक्सस–समता स्कुल जो नेपालमा गरिब विपन्न वर्गका बच्चाहरुलाई एक सय रुपैयामा शिक्षा दिइरहेको छ ।
प्राइभेट स्कुल सरह अग्रेजी माध्यमबाट पढाइरहेको यो समता स्कुल देश विदेशमा रहेका नेपालीहरुको दानबाट चलेको हो ।
नेपाल अधिकारज्यभर रहेको समता विद्यालयको सहयोगका लागी यतिबेला अमेरिकाभर सांगीतिक कार्यक्रम र सहयोग सक्लन भइरहेको छ । जसको मुख्य भुमिका चर्चित नेपाली हॅास्यव्यंगका हस्ती द्धय मदनकृष्ण र हरिवंशले निर्भारहेका छन् ।

आईतबार साझ अमेरिकाको टेक्ससको आर्लिङटन म्युजिक हलमा एक भव्य समारोहबीच मह जोडीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
अमेरिकाको कार्यक्रमको सयोजन समता ग्लोबल सिनेटले गरेको छ । जसको भुमिका प्राध्यापक डा उत्तम गौलीले निर्वाह गर्नुभएको छ । टेक्ससको कार्यक्रमको स्थानिय संयोजन नेपाली समाज टेक्ससले गरेको थियो ।
२२ वर्ष अघि स्थापना भएको समता स्कुलको सहयोगका लागी मह जोडीले सहकार्य गरिरहेका छन् । आईतबार टेक्ससमा आयोजीत कार्यक्तममा पनि मह जोडीले पवित्र उद्देश्यले स्थापना भएको समता स्कुलको सहयोगका लागी आफुहरु यसरी वर्षोदेखि हिडीरहेको बताए ।


शिक्षाको न्यानो घामबाट वञ्चित भएकाहरुलाई निशुल्क गुणस्तरीय शिक्षा दिनु चानचुन कुरा हैन ,मह जोडीले भने– यसका लागी तपाई हामीले सहयोग गरेमा विपन्न अवस्थाबाट गुजे्रका बालबालिकाले शिक्षा पाउनेछन् ।
कार्यक्रममा मह जोडीले विभिन्न गीत संगीत प्रहसन प्रस्तुत गरेर कार्यक्रमको माहौल तताएका थिए । नया तथा पुराना गीत गाएर मह जोडीले हलमा उपस्थित दर्शकलाई नचाएका थिए ।

कार्यक्रममा लोकप्रिय गायक रामकृष्ण ढकाल प्रिया भण्डारी संगै स्थानिय कलाकारहरु निरु घिमिरे , सुरेन गौतम लगायतका कलाकारहरुले मनोरञ्जन दिए । कार्यक्रममा नेपाली झण्डा फराउदै विभिन्न राष्ट्रीय धुन पनि बजाइएको थियो ।
सेवाभावको उद्देश्यले गरिएको यो कार्यक्रममा आदरणीय कलाकारको पनि सम्मान भएको छ ’ स्थानिय आयोजक नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्ले भने– ‘सबै नेपालीले समता स्कुलको सहयोगका लागी दिन खोलेर सहयोग गर्नुभएको छ ।’


कार्यक्रममा प्रति व्यक्ति १ हजार डलर सहयोग गर्ने ४० जना स्थायिन टेक्ससका सहयोगदाताहरुलाई समता ग्लोबल सिनेट तोकिएको बाग्लले जानकारी दिए । उनिहरुलाई मह जोडीले प्रशसा पत्रले सम्मान गरेका थिए । अझै धेरै जना समता स्कुलको सहयोगका लागी अग्रसर देखिएको बताए ।
अमेरिकामा समता स्कुलको सहयोगका लागी समता ग्लोबल सिनेट स्थापना गरि डा प्राध्यापक उत्तम गौली लागीरहेका छन् । शिक्षा विना विकास संभव छैन गौलीले कार्यक्रममा भने– नेपालका विभिन्न वर्गका बालबालिकाका लागी स्थापना भएको समता स्कुलको सहयोगका लागी हामी अग्रसर हुनुपर्छ । उनले समता स्कुलको सहयोगका लागी सबैले हातेमालो गर्नुपर्ने बताए ।

कार्यक्रममा समता स्कुलको परिकल्पनाकार उत्तम संजलेको सुरु देखिको यात्राको एउटा भिडियो समेत प्रस्तुत गरिएको थियो । उनले २२ वर्षको समता स्कुलबाट धेरै डाक्टर इन्जियन, सिए लगायतका विद्यार्थी उत्पादन भएको बताए । उनले अहिले नेपालभर समता स्कुलमा ८० हजार विद्यार्थी पढदै आएको जानकारी दिए ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected