अमेरिका–अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट २२ महिनापछि फेरि बहाली भएको छ ।
ट्वीटर कम्पनीका मालिक इलन मस्कको घोषणा संगै ट्रम्पको बन्द रहेको ट्वीटर फेरि सुचारु भएको हो । मस्कले ट्वीटरमा एउटा पोल राखेका थिए जसमा उनले ट्रम्पको अकाउन्ट बहाली हुनुपर्छ पदैन भन्नेमा धेरैले पर्छ भन्नेमा क्लिक गरेका थिए । त्यसपछि नै मस्कले उनको अकाउन्ट बहाली गरिदिएका हुन । ट्रम्पको ट्वीटर अकाउन्टलाई ८५ मिलियनले फलो गरेका छन् । पछिल्लो पटक अमेरिकी संसद भवनमा आक्रमण भएपछि ट्रम्पको ट्वीटर अकाउन्ट बन्द गरिएको थियो । जस अनुसार ५१ द्यशमवल ८ प्रतिशतले अकाउन्ट बहाली गर्न र ४८ दशमवल २ प्रतिशतले अकाउन्ट बहाली गर्न नहुनेमा मतदान गरेका थिए । १३५ मिलियन भन्दा धेरैले पोलमा सहभागीता जनाएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected