अमेरिकाका ठूला कम्पनीहरुले कर्मचारी निकालेपछि एचवान बि भिसा धारी प्रभावित
अमेरिका– अमेरिकामा पछिल्लो समय आइटी संग सम्बन्धीत ठुला कम्पनीहरुले धमाधम कर्मचारी निकाल्न थालेका छन् । ट्वीटरले समेत आफना ५० प्रतिशत भन्दा बढी कर्मचारी निकालेको छ ।
त्यस्तै मेटा अर्थात फेसबुक, सिस्को, एमाजन, नेटफिलिक्स जस्ता कम्पनीले पनि कर्मचारी निकाल्न सुरु गरेको छ । कम्पनीहरुले घाटा कहन गर्न थालेपछि कर्मचारी निकाल्न थालेका हुन । पछिल्लो समय अमेरिकामा आर्थिक मन्दी हुन थालेपछि एमाजनका संस्था जे बेजोसले उपभोक्ता तथा व्यवसायीलाई चेतावनी दिदै आउने महिनामा ठुला किनमेल स्थगीत गर्नुपर्ने भन्दै आर्थिक मन्दी आउन सक्ने बताएका छन् ।
उनले रकम सुरक्षीत राख्न र नया महंगा कार, टिभी लगायतका सामानहरु क्रिसमस लगायतमा नकिन्न सल्लाह दिएका छन् । अमेरिकाको घरेलु कर्जा बढे १६ दशमवल ५ ट्रिलियन डलर पुगेको छ र अमेरिकीहरु क्रेडिटमा निर्भर हुन थालेका छन् । बेजोसले पैसा बचाएर आफै आर्थिक मन्दीबाट बच्न सक्ने बताए ।
अमेरिकामा मेटा तथा ट्वीटर कम्पनीले कर्मचारी निष्कासन गरेपछि एचवानवी भिसाधारीमा प्रभाव परेको छ । कामबाट निकालिएका एचवान वी भिसा धारीलाई धर्मसकट भएको छ । कम्पनीहरुले जागीरबाट निकालेपछि उनिहरु संग दुई महिना बाकी छ , दुई महिना भित्र एचवान बि भिसा धारीहरुले अर्को जागीर खोज्नुपर्ने हुन्छ नध आफनो देश फर्कुनु पर्ने अवस्था आउछ । एचवान बि भिसा नन इमिग्रेन्ट भिसा हो । यो भिसामा कर्मचारी तीन देखि ६ वर्ष सम्म काम गर्न पाउछन् । यो भिसामा विदेशी नागरिक अमेरिकाको कम्पनीमा काम गर्छन ।
यो भिसाको यस्तो नियम छ , कम्पनीले कामबाट निकालेको खण्डमा ६० दिन भित्रमा अर्को जागीर खोज्नुपर्ने हुन्छ । अमेरिकामा पछिल्लो समय आर्थिक मन्दी बढदै गएपछि आइटी सेक्टरले हाइरिङ प्रकृया निकै कम गरेको छ । यसले जागीर गुमाएका एचवान बी भिसा धारीलाई समस्या उत्पन्न गराएको छ ।