अमेरिकाको बालमार्ट स्टोर भित्रै कर्मचारीले गोली चलाउदा ६ जना मारिए

अमेरिका-अमेरिकाको ठुलो सपिङ सेन्टर वालमार्ट भित्र गोली चल्दा ६ जनाको ज्यान गएको छ ।
भर्जिनियाको चेसेफिकमा मंगलबार राती बालमार्टमै कार्यरत कर्मचारीले गोली चलाउदा उक्त घटनामा ४ जना अति गंभीर अवस्थामा अस्पतालमा उपचार गराइरहेका छन् । बन्दुक आक्रमण गर्ने पनि मारिएको बताइएको छ । मृतक अझै बढन सक्ने बताइएको छ ।
प्रहरीले भने बन्दुकधारीको पहिचान बारे केही बोलेको छैन । अनुसन्धानकर्ताहरुले भने बालमार्टको ब्रेक रुममा बालमार्टकै एक कर्मचारीले अन्य कर्मचारीलाइ गोली हानेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्रहरीले अहिले घटना बारे अनुसन्धान गरिरहेको छ । बालमार्टमा प्रहरी तैनाथ गरिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...