अमेरिका– पत्याउनु हुन्छ , अमेरिकाो टेनिसी राज्यमा आज भन्दा ३० वर्ष पहिला एउटा भ्रुण फ्रोजन गरिएको थियो । त्यही फ्रोजन गरिएको भ्रुणबाट जुम्यालह बच्चा जन्मिएको छ । यति लामो समय सम्म भ्रुणलाई जमाएर राख्नु र फेरि सफलतापुर्वक बच्चाको जन्म हुनु यो एउटा नया रेकर्ड बनेको छ । भ्रुणलाई २२ अप्रिल १९९२ मा झन्डै १२८ डिग्री सेन्टी ग्रेटमा राखिएको थियो ।

बिबिसिीको रिपोर्ट अनुसार चार बालबालिकाकी आमा रेशेल रिजवे ले ३१ अक्टोबरमा जुम्ल्याह बच्चालाई जन्मदिएकी हुन । उनको पिता फिलिम रिजबे यो खबरले उत्साही बनेका छन् ।
राष्ट्रिय भ्रुण दान केन्द्रले यी जुम्ल्याहले नया रेकर्ड कायम गरेको बताएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected