अमेरिकाका पुर्व राष्ट्रपति ट्रम्प विरुद्ध एक लेखिकाले बलात्कारको मुद्धा दायर गरिन
अमेरिका–अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप लगाउने एक लेखिकाले ट्रम्प विरुद्ध अदालतमा मुद्धा दायर गरेकी छिन् ।
ट्रम्पमाथि १९९० मा बलात्कारको आरोप लगाउने लेखिकाले जीन क्यारोलेले नया कानुनमा रहेर मुद्धा दायर गरेकी हुन । अमेरिकी राज्यमा लागु भएको नया कानुन अनुसार यौन हिसा पीडितलाई दशकौ पहिला भएको अपराध विरुद्ध मुद्धा दायर गर्न अनुमति दिइएको छ । यही कानुन लागु भएको केही मिनेट पछि नै यी लेखिकाले मुद्धा दायर गरेकी हुन ।
एले पत्रिकाका लागी लामो समय स्तम्भ लेख्दै आएकी क्यारोलल २०१९ मा छापेको किताबमा ट्रम्पले १९९५ को अन्तमा न्युयोर्कको म्यानहटनको एउटा लक्जरी डिपार्टमेन्टल स्टोरको डे«सिङ रुममा बलात्कार गरेको आरोप लगाएकी छिन् ।
ट्रम्पले यी आरोप को खण्डन गरेका थिए । त्यसपछि पनि उनले ट्रम्प विरुद्ध मानहानीको मुद्धा दायर गरेकी थिइन । यो भन्दा पहिला अमेरिकी कानुनले कथित घटना धेरै वर्ष पहिलाको भन्दै मुद्धा दायर मा रोक लागेको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...