अमेरिका– अमेरिकामा बालबालिकालाई एक्लै घरमा छाडन मिल्दैन । यहाको कानुन निकै कडा छ ।
अमेरिकाको दक्षिण क्यारोलिनाका दुइ वर्षको सानो बालकलाई एक्लै घरमा छाडेर छुट्टी मनाउन गएका बाबुआमालाई प्रहरीले पक्राउ गरेको छ ।

बालकका बाबुआमा डोनाल्ड गेकोन्गे तथा डार्लिन एल्ड्रिच अपार्टमेन्टका म्यानेजरले बारम्बार फोन गर्दा उनिहरुले जवाफ नफर्काएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी पुगेर बच्चालाई बाहिर निकालिएको थियो । प्रहरी पुग्दा बालक दिसापिसाबले भरिएको डायपरमा थिए र लिविङ रुमको बिस्तारामा सुतीरहेका थिए । प्रहरी पुगेपछि बालक जागेका थिए । बालकको जाचका लागी अस्पतालमा भर्ना गरिएको थियो ।
सुरुमा बाबु डोनाल्डले आफु बिजनेसका लागी न्युयोर्क आएको र एल्ड्रि«चले बालकको देखभाल गरिरहेको भन्दै बहाना बनाएका थिए । आखिर झुठ टिकेन दुबै घुमघामको सिलसिलमा न्युयोर्कमा थिए । पछि प्रहरीले उनीहरुलाई पक्राउ ग¥यो र जेल चलान ग¥यो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected