अमेरिकामा भिजिट भिसामा आएरु काम गरे पक्राउ परिन्छ त ?
अमेरिका– अमेरिकामा केही नेपालीहरु भिजिट भिसामा आएर काम गरिहेका छन् र कसैलाई यहाको सरकारले सोधेको देखेको छैन । धेरै छन् भिजिट भिसामा आएर काम गरिरहेका नेपालीहरु । मलेसिया युरोपतिर समातेर पठाएको धेरै देखिएको छ । तर अमेरिकामा भिजिट भिसामा आएर काम गरेकाहरुलाई कार्वाही भएर नेपाल पठाएको मैले देखेको छैन । भिजिट भिसामा आएर काम गरिरहेका नेपालीहरु रहेका छन् । त्यस्तै कुनै ठुलो अपराध गरे भने त उनिहरु फस्छन् नत्र कसैले उनिहरुलाई समातेर नेपाल पठाएको देखेको छैन । तर अमेरिकी दुताबासले भिजिट भिसामा काम गर्न भनेर भिसा दिएको भने हुदैन । यो कुरा भने बुझनुपर्ने हुन्छ । भिजिट भिसामा अमेरिका आएर कानुनी रुपमा काम गर्न पाइन्छ ।
भिजिट भिसामा आएर कामदार भिसा विद्यार्थी भिसामा स्टाटस परिवर्तन गर्नेहरु पनि धेरै छन् । त्यस्तै भिजिट भिसामा आएर असाइलम फाइल गरेर ग्रिनकार्ड हात पारेकाहरु पनि यहा रहेका छन् । तर पहिलाको तुलनामा अहिले असाइलम फाइल गरेर ग्रिनकार्ड पाइहाल्ने अवस्था छैन । अहिले प्रकया अलि झन्झटीलो छ । कतिपयले अमेरिकन सिटीजन संग विवाह गरेर पनि यतै बसेका छन् भिजिट भिसामा आउनेहरु
तर तपाईहरु टुरिष्ट भिसामा आएर लामो समय सम्म काम नगर्नुहोला । यही स्टाटसमा रहेर । भोली तपाईलाई परिवार र बच्चा बच्ची अमेरिका ल्याउन पर्ने हुन सक्छ । त्यस्तै ग्रिनकार्डका लागी प्रोसेस अगाडी बढाउनुपर्ने हुन सक्छ । यसैले तपाईले टुरिष्ट भिसाको स्टाटस परिवतर्न गर्नु होला । जसले भोली ग्रिनकार्ड हात पार्नका लागी सजिलो होस ।