नेपाली राजदूताबास वासिङ्टन डिसीको आयोजनामा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा भएको काउन्सुलर शिविरमा ६ सय ३७ जनाले सेवा प्राप्त गरेका छन्। नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) र एनआरएनए च्याप्टर क्यालिफोर्नियाको व्यवस्थापन सहयोगमा शिविर चार दिनसम्म सञ्चालन भएको थियो ।
सेप्टेम्वर २७ देखि २९ सम्म आयोजित शिविरमा पहिल्यै एपोइण्टमेण्ट लिएका बाहेक पनि सेवा आवश्यक भएका मानिस शिविरमा आएपछी एक दिन थप गरेर शिविर चार दिनसम्म सञ्चालन भएको थियो । थप गरिएको चौंथो दिनको लागि ७० जनाको लागि एपोइण्टमेण्ट निर्धारण गरिएपनि अवेरसम्म मानिस बसेर सेवा माग गरेपछी सो दिन पनि राती साँढे नौ बजेसम्म कर्मचारीले काम गर्नु भएको थियो ।
यो शिविरका लागि दूतावासबाट डीसीएम कुमार खरेल, तेस्रो सचिव जनक सिंह र अर्का कर्मचारी रामजी दाहाल कामका लागि आउनु भएको थियो । अवैतनिक महावाणिज्य दुत ऋषि ढकाल पनि शिविर अवधिभर खटिनुभएको थियो । न्यान्स र एनआरएनका पदाधिकारीलगायत बे एरियाका विभिन्न संस्थाका पदाधिकारी एवं समाजसेविहरुसमेत शिविरमा स्वयं सेवकका रुपमा खटिनु भएको थियो । चार दिनको लागि ५० भन्दा बढी स्वयं सेवक परिचालित भएका थिए । यो कार्यमा खटिएका सबैलाई न्यान्सको तर्फबाट अध्यक्ष प्रितेश कार्कीले र एनआएनएको तर्फबाट क्षेत्रीय संयोजक श्रीराम थापाले धन्यवाद दिनुभयो ।
यस क्षेत्रका संघ संस्था सामाजिक अभियन्ता, बुद्धिजिवी, सूचना प्रविधिका विज्ञ, युवाको सहयोगले यो शिविर सफल भएको कार्किले बताउनुभयो । सेवा लिनेहरुले पनि आयोजकले बनाएको पद्धतिमा रहेर काम लिनु भएकोमा न्यान्सको तर्फबाट धन्यवाद व्यक्त गरेको छ ।
शिविर समापनका अवसरमा दूतावासको कन्सुलर सेवा मिसन क्यालिफोर्नियामा पठाउनुभएकोमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत महामहिम श्रीधर खत्रीलाई समेत महावाणिज्य दूत ढकालले धन्यवाद दिनु भएको छ । उहाँले शिविरबाट (लस एन्जलसमा १८२ र सान फ्रान्सिस्कोमा ६३७) कुल ८१९ जनालाई कन्सुलर सेवाहरू उपलब्ध गराइएको जानकारी दिनुभयो । यी शिविरहरूका कारण क्यालिफोर्नियामा रहेका नेपाली समुदायका सदस्यहरूले १२ लाख अमेरिकी डलरभन्दा बढी बचत गरेको पनि उहाँको भनाई छ ।
यी सेवाहरूको लागि वाशिंगटन डीसीसम्म जाने आउने जहाज भाडा तथा त्यसका लागि विदासमेत लिएर जानुपर्ने अवस्थालाई शिविरले ठुलो राहत दिएको ढकालले उल्लेख गर्नुभयो । त्यो भन्दा बढी, यी सेवाहरूको मूल्य मौद्रिक सर्तहरूमा मापन गर्न सकिँदैन भन्दै विशेष गरी ती व्यक्तिहरू जो विभिन्न कारणहरूले यात्रा गरेर डिसीसम्म पुग्न नसक्ने अवस्थाकालाइ ठुलो राहत मिलेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected