अमेरिका–अमेरिकामा एक महिला अपहरणको ५१ वर्ष पछि डिएनए परीक्षण ले आफनो परिवार भेटाइएकी छिन् ।

अमेरिकाको टेक्ससको फोर्टवर्थ निवासी ५३ वर्षिया मेलानी वाल्डनको एउटा डिएनए मिलेपछि परिवार भेटाएकी हुन । १९७१ मा उनी अपहरण हु“दा झन्डै २१ महिनाकी थिइन । एक अज्ञात महिलाले उनको अपहरण गरेकी थिइन ।
उनका माता पिता जेफरी हाइस्मिथ र अल्टाले लामो समय सम्म आफनो नाबालिका हराएपछि निकै खोेजेका थिए । त्यति बेला उनको नाम मेलिसा थियो । अहिले परिवार भेटेपछि उनले फेरि आफनो नाम मेलिसा हाइ स्मिथ राखेकी छिन् । उनका अहिले तीन सन्तान पनि रहेका छन् । मिडियामा आएपछि उनी भाइरल बनेकी छिन् । उनी अहिले चर्चमा सफाईको काम गर्छिन । अहिले उनको अपहरणको जाच गर्न प्रहरीमा दबाब बढेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected