टेक्सस– यतिबेला टेक्ससको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रस्टीमा नया नेतृत्वका लागी चहलपहल सुरु भएको छ ।

नेपाली मन्दिर टेक्ससको बोर्ड अफ ट्रस्टीको अध्यक्ष पदमा डा प्रेम अधिकारीले नाम दर्ता गराएका छन् भने ट्रस्टीको उपाध्यक्षमा भुवन आचार्यले नाम दर्ता गराएका छन् ।
डा अधिकारी र आचार्य टेक्ससमा लामो समयदेखि नेपाली समुदायको हक हितमा काम गरेका अनुभवी हुन । उनिहरु दुबै नेपाली समाज टेक्ससको पुर्व अध्यक्ष रहेर नेपाली समुदायका हक हितमा काम गरिसकेका छन् । डा अधिकारीले नेपाली समाज टेक्ससको दुई कार्यकाल अध्यक्ष बनेर काम गरिसकेका छन् । त्यसो त अधिकारीकै अध्यक्षतामा सुरुमा बोर्ड अफ ट्रस्टीको नेपाली मन्दिर टेक्ससको पुजा समिति बनेको हो । पेशाले डा अधिकारी प्राध्यापक र बौद्धिक व्यक्तित्व हुन ।
उता खरो स्वभावका भुवन आचार्य पनि २०१३ देखि २०१५ सम्म नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसेका छन् । समाजको अध्यक्ष हुदा उनले पनि धेरै काम गरेका छन् । पेशाले व्यवसाय गरेका आचार्य अहिले नेपाली मन्दि बोर्ड अफ ट्रस्टीको उपाध्यक्ष भए काम गर्न अगाडी बढेका छन् ।
निर्माणधिन पशुपति तथा बुद्ध मन्दिरलाई मुर्त रुप दिन उनिहरु अग्रसर भइरहेका छन् । यतिबेला यी दुबैलाई टेक्ससको नेपाली मन्दिर बोर्ड अफ ट्रस्टीको नेतृत्व दिन टेक्ससका अगुवाहरुले लविङ गरिरहेका छन् ।

नेपाली समाज टेक्ससका अधिकांश पदाधिकारीहरुले पनि दुबैलाई नेतृत्वमा ल्याउन अगाडी बढेका छन् । अहिलेसम्म यो पदमा कुनै आकाक्षी देखिएका छैनन । भोली आईतबार नेतृत्वमा नाम दर्ता गराउने अन्तिम दिन हो । अहिलेसम्म नेपाली मन्दिर बोर्ड अफ ट्रस्टीको चुनाव भएको छैन । चुनाव हुनु हुदैन भन्ने पक्षमा धेरै रहेका छन् ।
टेक्ससका सामाजिक अगुवा निरज श्रेष्ठ यतिबेला नेपाली मन्दिर बोर्ड अफ ट्रस्टीको नेतृत्व मिलाएर लैजाने पक्षमा अगाडी बढीरहेका छन । उनी पनि नेतृत्व सहमति र समझदारी गदै निर्वाचन हुन नहुने पक्षमा लविङ गरिरहेका छन् । मन्दिर जस्तो पवित्र संस्थामा राजनिति भन्दा पनि सहमतिमै नेतृत्व छानिनुपर्ने टेक्ससका अगुवाहरु बताउछन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected