अमेरिकाको न्युयोर्कमा मुसा आतंक, रोक्न विज्ञलाई करोडौको प्याकेज

mouse getting out ot her hole in a luxury old-fashioned roon
अमेरिकाको न्युयोर्क सहर मुसा आतंक बढेपछि यसको रोकथामका लागी विज्ञको खोजी सुरु भएको छ ।
न्युयोर्क राज्य सरकारले मुसा नियन्त्रणका लागी विज्ञको नियुक्ति गर्ने खोजी सुरु गरेको हो ।
न्युयोर्क सरकारले मुसा नियन्त्रणका लागी १ लाख ७० हजार डलर भुक्तानी गर्ने तयारी गरेको छ ।
अखबारमा समेत विज्ञापन दिएर विज्ञको खोजी गदै जसको योग्यता स्नातक वा डिग्री अनिवार्य रहेको छ । दुई वर्ष अघिको तुलनामा २०२२ को पहिलो आठ महिनामा मुसाको ७० प्रतिशत आतंक बढेको छ । सन् २०१४ मा न्युयोर्कमा हरेक व्यक्ति संग दुई वटा मुसा रहेको अनुमान लगाइएको थियो । अहिले न्युयार्कमा १ करोड ८० लाख मुसा रहेको अनुमान छ ।
न्युयोर्कमा मेयर एरिक एडम्सले मुसालाई आफुले घृणा गर्ने बताएका थिए । उनले के्ही मुसालाई मार्ने अभियान समेत चलाइएको बताएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...