अमेरिकाको मेरिल्यान्डमा एक नेपालीको सुतेकै अवस्थामा निधन
अमेरिका– अमेरिकामा नेपाली समुदायमा एउटा अति नै दुखदायी घटना घटन पुगेको छ।
अमेरिकाको मेरिलयान्डको रकभीलमा एक नेपाली युवा ३७ वर्षिय भुपाल कुमार मगरको घरमै सुतेको अवस्थामा दुख्द निधन भएको छ ।
नेपालको उदयपुर गाइघाट घर भएका मगरको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतलाई उदृद्ध गदै नेपाली डायस्पोरा डटकमले जनाएको छ । दुई महिनाको नाबालक छोरा र श्रीमतिलाई छाडेर भुपाल अल्पायुमै अस्थाएका छन् । उनको अभाव श्रीमति पार्वती थापा पारु र त्यो अबोध नाबालक छोरामा खडकिएको छ । श्रीमानको अकस्मात भएको निधनले श्रीमति पारु विक्षिप्त बनेकी छिन् । पारिवारिक स्रोतका अनुसार राती श्वासप्रश्वासमा समस्या आएपछि भुपाल छटपटाएका थिए । भुपालको शब अहिले पोष्टमार्टका लागी अस्पतालमा राखिएको छ ।
भुपाल २०१४ मा डाइभरसिटी भिसामा मा अमेरिका आएका थिए । उनले २०१८ मा नेपाल गएर पार्वती थापा पारु संग विवाह गरेका थिए । पारु अमेरिका आएको एक वर्ष मात्रै भएको थियो ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...