मेक्सिकोबाट छिरे सयौ गैरकानुनी आप्रवासी टेक्ससको एलपासो
टेक्सस– अमेरिकाको टेक्ससको एल पासो सहरमा मेक्सिको सिमाबाट सयौ गैरकानुनी आप्रवासीको समुह भित्र छिरको छन् ।
अमेरिका मेक्सिको सिमा पार गरेर एकै दिन २६ सय भन्दा बढी गैरकानुनी आप्रवासीले बोर्डर पार गरेर टेक्ससको एलपासो छिरेको अमेरिकाको सिमा सुरक्षा बललाई उधृत गदै अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । गैरकानुनी आप्रवासीहरु ब्राबो नदि पार गरेर एलपासो सहर छिरेका हुन ।
तत्कालि ट्रम्प प्रशासनले लगाएको टाइटल ४२ समाप्त हुन लागेको बेला आप्रवासीको क्याराभान टेक्सस छिरेको हो । कोभिड १९ को समयमा महामारी रोक्न ल्याएको यो अध्यादेशले अमेरिका छिरेका आप्रवासीलाई मेक्सिको तथा अन्य मुलुक फिर्ता पठाउने अनुमति दिन्थयो । बच्चा पिठयुमा बोकेका देखि युवायुवतिहरु ठुलो संख्यामा मेक्सिको बोर्डर पार गरेर अमेरिकाको टेक्सस छिरेका छन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...
-
डोनाल्ड ट्रम्पले २०२४ को ...