गायिका आस्था राउतलाई अमेरिकाले एयरपोर्टबाट नेपाल फिर्ता पठायो
अमेरिका– सांगीतिक कार्यक्रमका लागी अमेरिका आएकी गायिका आस्था राउतलाई एयरपोर्टबाटै नेपाल फिर्ता पठाइएको छ ।
टेक्ससको ड्यालस स्थित ड्यालस फोटवर्थ अन्ततराष्ट्रिय विमानस्थलको अध्यागनमले उनलाई फिर्ता पठाएको हो ।
उनी अग्रेजी नया वर्ष २०२३ को उपलक्ष्यमा पेन्सिलभेनियामा आयोजना हुने एक कार्यक्रममा भाग लिन आउने क्रममा अमेरिकाको अध्यागमनले फिर्ता पठाएको हो । आस्थाले पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाउने भन्दै अध्यागमनले फिर्ता पठाएको भन्दै संचारमाध्यमलाई जानकारी दिएकी छिन् ।
खास गरि कानुनत अमेरिकामा पर्यटक भिसामा आएर आय आर्जन गर्ने कार्यक्रममा सहभागी हुन पाइदैन । अर्थात काम गर्न पाइदैन । आस्थाले पटक पटक पर्यटक भिसाको दुरुपयोग गरेकै कारण उनलाई कालो सुचीमा राखिएको हुन सक्ने अनुमान गरिएको छ ।
प्राय कलाकारहरु अमेरिका घुम्न जाने भन्दै पर्यटक भिसामा आवेदन दिन्छन् । तर अमेरिका आएपछि मोटो रकम लिएर सांगीतक कार्यक्रममा सहभागी भएर कमाउने गरेका छन् । घुम्नका लागी भनेर भिसा आवेदन दिने र अन्य गतिविधिमा सहभागी भएकै कारण अमेरिकी अध्यागमनको कालो सुचीमा उनी परेको हुन सक्छ । पर्यटक भिसामा आउनेहरुलाई अमेरिकाको अध्यागमनले यसरी नै नोटिस गर्ने गरेको छ । एक समाचार स्रोतका अनुसार यस अघि आस्था अमेरिका आउदा पाच महिना काम समेत गरेको पाइएको छ । पर्यटक भिसामा आएर काम गरेको खराब रेकर्ड पनि उनलाई फिर्ता पठाएको हुन सक्ने अनुमान गरिएको छ ।