अमेरिकामा जन्मको बच्चा समुन्द्रमा फ्याक्ने भारतीय महिला पक्राउ
अमेरिका–अमेरिकामा एक भारतीय मूलकी महिला आफनो नवजात शिशु समुन्द्रमा फालेको अभियोगम पक्राउ परेकी छिन् ।
तीन वर्ष अघि आर्य सिंहले जन्मनको नवजात शिशुलाई फलोरिडाको समुन्द्रमा फ्याकेकी थिइन जसको कारण शिशुको मुत्यु भएको थियो ।
लामो डिएनए परीक्षण पश्चात यी महिलालाई हत्याको आरोपमा यसैसाता पक्राउ गरिएको हो ।
लामो समय सम्म चलेको अनुसन्धान पश्चात नेशनल डिएनए डेटाबेसको सहायतबाट उक्त शिशुको पिता पत्ता लागेको थियो । तिनै पिताबाट आमाको पत्ता लागेको थियो । उनिहरु डेटिङ गरिरहेको समय गर्भ रहेर शिशु जन्मेको हो । शिशुलाई समुन्द्रमा तैरिएको अवस्थामा फायर फाइटरले फेला पारेका थिए । ति महिलाले नवजात शिशुको जन्म अघि आफु गर्भपति भएको थाहा नभएको बताएकी थिइन । उनले आफनो अपराध स्वीकार गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
यो घटनाको आउदो जनवरी १७ मा अदालतमा सुनुवाई हुदैछ । दोषी ठहरिएको खण्डमा उनलाई आजीवन कारावास वा मुत्युदण्डको सजाय हुन सक्छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...