टेक्सस– नेपाली दुताबासले टेक्ससको ड्यालसमा गरेको कन्सुलर सेवा सम्पन्न भएको छ ।
नेपाली समाज टेक्ससको सहकार्यमा भएको कन्सुलर सेवामा टेक्सस वरपरका नेपाली समुदायहरु राहदानी नविकरण, नया राहदानी एनआरएनए कार्ड लगायका सेवाहरु लिएका थिए । यही डिसेम्बर १५ देखि १७ तीन दिन सम्म कन्सुलर सेवा संचालन भएको थियो ।

उक्त शिविरमा ४२९  जनाले राहदानी नविकरण, नया राहदानी तथा ८७ जनाले एनआरएनए कार्ड बनाएको नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीले जानकारी दिए ।
नेपाली राजदुताबास बासिङटन डिसीको घुम्नी टोली ड्यालस आएर सेवा प्रदान गरेको थियो । डयालस पछि टेक्ससको हयुस्टन तथा अस्टिनमा समेत कन्सुलर सेवा भएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected