टेक्सस– अमेरिकाको टेक्ससको हयुस्टन सहरबाट अमेरिकाम स्थित नेपाली दुताबासको दुई करोड रुपैया भन्दा बढी रकम चोरी भएको छ ।
दुताबासले टेक्ससको ड्यालस अष्टिन र हयुस्टनमा संचालन गरेको कन्सुलर सेवा मार्फत उठेको रकमको मनी अर्डर र क्यासियएर चेक दुताबासकै गाडीबाट चोरी भएको हो ।
बासिङटन डिसी स्थित दुताबासले एक विज्ञप्ती जारी गदै बिहीबार हयुस्टन रोकिएको गाडी फोडेर उक्त रकम बराबरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको जनाएको छ ।

कन्सुलर सेवाका क्रममा टेक्ससका तीन सहरमा नेपालीहरुले राहदानी नविकरण , नया राहदानी तथा एनआरएनए कार्ड सम्बन्धी सेवा प्रदान गरेको थियो । उक्त सेवामा हजार भन्दा बढी नेपालीले सेवा मार्फत रकम बmुझाएका थिए । दुताबासले मनीअर्डर र क्यासिएर चेक मार्फत उक्त रकम संक्लन गरेको थियो ।

दुताबासका कर्मचारी कन्सुलर सेवा सकेर हयुस्टनको एउटा रेष्टुरामा गाडी पार्किङ गरेर खाना खाएको बेला गाडी फुटालेर चोरी भएको नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लेले जानकारी दिएका छन् ।

राजदुताबासले एक विज्ञप्ती जारी गदै सेवाग्राहीलाई मनी अर्डर र क्यासिएर चेक रद्ध गर्न आग्रह गरेको छ । प्रहरीलाई खबर गरिए पनि अहिले सम्म रकम कसले चोरेको हो पत्ता लागेको छैन । न

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected