अमेरिका नछिदै बीच बाटोमै गयो ज्यान
अमेरिका–अबैध बाटो हुदै अमेरिका आउदै गरेका रुकम आठबिसकोट–१० का २० वर्षिय मदन शाहीको पानाको जंगलमा ज्यान गएको छ ।
पानाको खोला तर्ने क्रममा बगेर शाहीको ज्यान गएको पारिवारिक स्रोतलाई उद्धृत गदै समाचार एजेन्सीहरुले जनाएका छन् । खोला तर्नका लागी राखिएको डोरी चुटिदा खोलामा बगेर उनको ज्यान गएको हो ।
अमेरिका आउदै गरेको उनको टोलीमा कोही नेपाली भएको बताइन्छ । उनी एक मात्र नेपाली थिए । नेपाली कोही नभएका कारण उनको मुत्युको खबर ढिलो गरि प्राप्त भएको हो ।
उनी गएको फागुन महिनामा अमेरिकाका लागी नेपालबाट हिडेका थिए । अमेरिका आउनका लागी उनले ४० लाख रुपैया भन्दा बढी खर्च गरिसकेका थिए । केही महिना अघि पनि अवैध तरिकाले अमेरिका आउने क्रममा बीच बाटोमा रुकुमका तीन युवाले ज्यान गुमाएका थिए ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...