मेक्सिको– मेक्सिकोको जेलमा भएको बन्दुक आक्रमणमा १४ जनाको ज्यान गएको छ ।
मेक्सिकोको जुआरेज सहर स्थित एउटा जेलमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारी समुहले आक्रमण गर्दा १० सुरक्षाकर्मि र ४ कैदीको ज्यान गएको हो । घटनामा १३ सुरक्षाकर्मि सहित २४ जना कैदी घाइते भएका छन् ।
आक्रमण पछि २४ कैदी जेलबाट निस्केर भागेका छन् । आक्रमणपछि जेल भित्र रहेका कैदीहरु बीच पनि लडाइ भएको थियो । घटना बारे अहिले अनुसन्धान भइरहेको छ ।
गएको अगष्ट महिनामा पनि यही जेलमा भएको दंगामा ११ जना मारिएका थिए ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...