टेक्सस– अमेरिकाको टेक्ससको युएस मेक्सिको सिमाको ब्रान्सबिल सहरमा लिंकन पार्क हाईस्कुल अदभुत रहेको छ ।
यो विद्यालयमा पढने हरेक महिला विद्यार्थी एउटा बच्चाकी आमा या गर्भवति रहेका छन् ।बाहिर सामान्य स्कुल जस्तो लागेपनि भित्र गएर हेर्नु भयो भने गर्भवति तथा नाबालिका आमाका साथ बच्चा पनि देखिन्छ । यो विद्यालय नाबालिका आमा बढाउने विद्यालयको रुपमा चिनिन्छ । विद्यालयमा गर्भावस्था सेवा तथा पालनपोषणलाई प्रोत्साहन गर्ने पोष्ट पनि लगाइएको छ । विद्यालयको मुख्य भवन नजिकै डे केयर सेन्टर पनि रहेको छ ।
यो विद्यालयमा यस्ता पनि छात्रा छन् जसका तीन बच्चा रहेका छन् । झन्डै ७० छात्रालाई यो वर्ष विद्यालयमा भर्ना लिइएको छ । जब यहा नाबालिका गर्भवति यहा भर्ना लिन्छन्, उनिहरुको बच्चा रेखदेख गर्ने सबै सुविधा विद्यालयमा रहेको छ । बच्चाका लागी पिक गर्ने बसमा छुट्टै सिट रहेको छ । डे केयर सेवा सबै निशुल्क रहेको छ । जहा बच्चाका लागी खानपीन सबै चीच उपलब्ध रहेको छ । यहा पढने अधिकतम छात्रा लेटिन अमेरिकाका का हुन । उनिहरुको स्पेनिस बोल्छन् । यो सहरको ९४ प्रतिशत आवादी हिस्पेनिक रहेको छ ।
रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडीसि) का अनुसार २०२० मा १५ देखि १९ वर्ष आयु बीचका प्रत्येक १ हजार युवतिमा १५ जनाले बच्चाको जन्म दिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected