युएसनेपाल पोष्ट डटकम संवाददाता

नेपालमा टाटु कला व्यवसायमा सफलता हासिल गरेका टाटुकार मोहन गुरुङले अमेरिकाको टेक्सस राज्यमा पनि शाखा बिस्तार गरेका छन् ।
न्युयोर्कको मुटु म्यानहटनमा टाटु व्यवसाय संचालन गदै आएका गुरुङले हालै मात्र टेक्सस राज्यको अर्भिङ स्थित स्टोरी रोडमा मोहनस टाटु इन संचालनमा ल्याएका हुन ।
नेपालमा टाटुकलामा लोकप्रियता कमाएका गुरुले पछिल्लो क्रममा अमेरिकामा पनि विदेशीहरुलाई टाटु खोपाएर चर्चा बटुलीरहेका छन् । ‘धेरै नेपालीको बसोबास संगै शान्त ठाउँ भएकाले पनि यहाँ शाखा बिस्तार गरेको हुँ’ गुरुले भने–शाखा बिस्तार संगै टाटुपारखीहरु आउने क्रम बढेको छ ।’ उनका अनुसार टेक्ससमा पनि टाटुको क्रेज अधिक रहेको छ ।

झन्डै २२ वर्ष देखि टाटु कलामा लागेका गुरुङले पहिलो पटक पोखरामा टाटु हाउस संचलानमा ल्याएका थिए । पोखराबाट शाखा बिस्तार गदै काठमान्डौको ठमेलमा टाटु हाउस खोलेका गुरुङले अहिले अमेरिकामा पनि दुई शाखा बिस्तार गरिसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected