अमेरिका– अमेरिकामा एक भारतीय मुलका ४१ व्र्षिय एक व्यक्ति हत्या प्रयास तथा बाल शोषण को आरोपमा पक्राउ परेका छन् ।

धर्मेस ए पटेलले जानाजान आफनो पत्नी तथा दुई छोराछोरी सवार टेस्ला कार क्यालिफोर्नियाको मेटो काउन्टी स्थित डेविल्स स्लाइट स्थित डरलाग्दो चट्टटानमा ठोक्काएको आरोपमा पक्राउ परेका हुन । अस्पतालबाट डिसार्च हुने बितिक्कै आरोपी पटेललाई स्यान मेटो काउन्टी जेलमा पठाइएको छ ।

दुर्घटनाग्रस्त कारबाट उद्दार गर्दै उद्दारकर्ता

चट्टानबाट उद्धारकर्ताले चार वर्षिया छोरी र ९ वर्षिय छोरालाई चट्टानबाट निकालेका थिए । बच्चा बच्चीको ज्यान कारको सिटले जोगाएको थियो । बालबालिकालाई यति ठुलो दुर्घटनामा पनि सामान्य चोट लागेको छ । हेलिकप्टरको बचाव दलले दम्पत्तिलाई गाडीबाट निकालेका थिए । यो बचावलाई चम्तकारी बताइएको छ । किनकी आरोपीले हाकेको टेस्ला कार २५० देखि ३ सय फिट तल खसेको थियो ।
अधिकारीहरुले यसलाई दुर्घटना नभई हत्याको प्रयास भएको प्रतिकृया दिएका छन् । पटेल विरुद्ध तीन हत्याको प्रयास र बाल शोषणको दुई मामलामा मुद्धा दायर गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected