अमेरिकामा आफनै ग्यास स्टोर भित्र एक नेपाली व्यवसायीको बिभत्स हत्या
अमेरिका– अमेरिकामा फेरि नेपाली समुदायका एक ग्यास स्टोर व्यवसायी भेषराज लामिछानेको लुटेराले बन्दुक आक्रमण गरि हत्या गरेका छन् ।
अमेरिकाको कोलोराडो राज्यको हुइटरिज कन्भिनियन्स स्टोर भित्रै एक अश्वेत युवकले गोली हानी हत्या गरेका हुन । प्रहरीले लामिछानेलाई आफनै स्टोरभित्र मृत अवस्थामा फेला पारेको थियो । सिसिटिभी फुटेजमा लुटेराले बिभत्स तवरले गोली हानिएको देखिएको छ ।
आफनै स्टोरमा बिहीबार राती काम गरिरहको अवस्थामा लुटेराले बन्दुक हमला गरि बिभत्स हत्या गरेको थियो । हत्या गरेर स्टोर संचालक लामिछानेको गाडी लिएर फरार अभियुक्तलाई प्रहरीले इन्डियाना राज्यबाट पक्राउ गरि हिरासतमा लिएको छ । प्रहरीले अभियुक्तको पहिचान २६ वर्षिय शवनाथन चान्सको रुपमा गरेको छ ।
नेपालको स्थायी घर तनहु भएका लामिछाने २०१४ मा डाइभर्सिटी भिसामा अमेरिका आएका थिए । उनी चार छोराछारी श्रीमति सहित अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका थिए ।
परिवारको मुलीको निधन भएपछि उनको परिवारमा अहिले आर्थिक समस्या बल्झेको छ । साथै उनको निधनमा परिवार शोकमा डुबेको छ । उनी सहयोगका लागी गोफन्ड खोलिएको छ ।