अमेरिका–अमेरिकामा अस्पताल जाने क्रममा कार दुर्घटनामा परेर नेपाली भाषी भुटनिज समुदायको बाबुछोराको दुख्द निधन भएको छ ।
अमेरिकाको ओहायोमा पिता गोपिलाल न्यौपाने र छोरा रोनित न्यौपानेको निधन भएको हो । उनिहरुको शनिवार नै दाहसंस्कार गरिएको छ ।
झापाको बेलडागी क्यामबाट अमेरिका आएका बाबुछोराको अकल्पनिय सवारी दुर्घटनामा परेर निधन भएको हो ।
पिता गोपिलालले आफनी श्रीमति छोरी बुशारी नातिनी छाडेर गएका छन् । उता छोरा रोनितले श्रीमति, आमा बहिनी र आफनो अमुल्य १० महिनाको छोरालाई छाडेर गएका छन् । गोपिलाल परिवार चलाउन दुई कम्पनीमा काम गर्थे भने छोरा रोनितले रेष्टुरा खोल्ने सपना देखेका थिए । तर सपना सपनामै सिमित रहन पुगेको छ ।
उनिहरुको परिवारको सहयोगका लागी गोफन्ड खोलिएको छ । सहयोगका लागी लिंक तल छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















