अमेरिका–अमेरिकामा अस्पताल जाने क्रममा कार दुर्घटनामा परेर नेपाली भाषी भुटनिज समुदायको बाबुछोराको दुख्द निधन भएको छ ।

अमेरिकाको ओहायोमा पिता गोपिलाल न्यौपाने र छोरा रोनित न्यौपानेको निधन भएको हो । उनिहरुको शनिवार नै दाहसंस्कार गरिएको छ ।

झापाको बेलडागी क्यामबाट अमेरिका आएका बाबुछोराको अकल्पनिय सवारी दुर्घटनामा परेर निधन भएको हो ।
पिता गोपिलालले आफनी श्रीमति छोरी बुशारी नातिनी छाडेर गएका छन् । उता छोरा रोनितले श्रीमति, आमा बहिनी र आफनो अमुल्य १० महिनाको छोरालाई छाडेर गएका छन् । गोपिलाल परिवार चलाउन दुई कम्पनीमा काम गर्थे भने छोरा रोनितले रेष्टुरा खोल्ने सपना देखेका थिए । तर सपना सपनामै सिमित रहन पुगेको छ ।
उनिहरुको परिवारको सहयोगका लागी गोफन्ड खोलिएको छ । सहयोगका लागी लिंक तल छ ।

https://www.gofundme.com/f/gopi-lal-neupane-ronit-neupane?sharetype=teams&member=24232229&pc=fb_co_campmgmt_w&rcid=r01-167290090648-0676c7588cc411ed&utm_source=facebook&utm_medium=social&utm_campaign=p_lico+share-sheet&fbclid=IwAR0wPf5pEwbMdHDShwQHyJOfWzdcAXn4JNZ_VxkMU6Fca_IUsytqjhMQmLA&mibextid=Zxz2cZ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected