अमेरिका– अमेरिकाको टेक्ससमा एक भारतीय मुलका ३९ वर्षिय पिताले आफनै ९ वर्षिय छोरालाई छुरा प्रहार गरि हत्या गरेका छन् ।
टेक्ससको मिकिनी प्रहरीले एक ट्वीट गदै ३९ वर्षिय सुब्रमण्यम पोन्नाझाकनले आफनै छोराको छुरा प्रहार गरि हत्या गरेको बताएको छ । प्रहरीले उनि विरुद्ध १० लाख डलरको वारेन्ट जारी गरेको छ । प्रहरीले बालकलाई घरकै ग्यारेजमा रक्ताम्य अवस्थामा फेला पारेको थियो । प्रहरीले आरोपी पितालाई हिरासतमा लिएको छ । उनले आफुलाई समेत छुराले हानी पुराउने प्रयास गरेको बताइएको छ । उत्तरी टेक्ससको यो क्षेत्रमा धेरै भारतीयहरु बसोबास गदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected