अमेरिकामा भारतीय शिख समुदायबाट न्यायधिस बन्दै इतिहास रचिन मोनिकाले
टेक्सस– अमेरिकाको टेक्ससको हयारिस काउन्टीको न्यायधिसको रुपमा भारतीय शिख समुदायकी मनप्रित मोनिका सिंहले शपथ लिएकी छिन् ।
अमेरिकामा पहिलो पटक शिख समुदायबाट पहिलो पटक महिला न्यायधिस बनेर इतिहास रचेकी छिन् ।
मोनिका सिंहको जन्म तथा पालनपोषण टेक्ससको हयुस्टनमा भएको थियो । १९७० को दशकमा उनका पिता काम खोज्दै अमेरिका आएका थिए र मोनिकाको जन्म यतै भएको थियो । उनी आफनो पति दुई बच्चा बच्ची संग टेक्ससमा बसोबास गर्छिन । अमेरिकामा झन्डै ५ लाख शिख समुदाय रहेकोमा २० हजार त टेक्ससको हयुस्टन सहरमा रहेका छन् । मोनिकाले २० वर्ष वकालत पेशामा बिताइसकेकी छिन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...