अमेरिका–अमेरिकामा आज घन्टौ सम्म जहाजहरु विमानस्थलमा अडकिएका छन् । कम्पयुटर सिस्टममा आएको खराबीका कारण हजारौ उडान रद्ध हुनुका साथै डिले भएका छन् ।
अमेरिकाको फेडरल एविएसनले देशव्यापी सिस्टममा आएको खराबीका कारण उडानहरु अनिश्चित कालका रोकिएको बताएको छ । जसका कारण अमेरिकाको आन्तिरिक तथा बाह्य उडानहरु प्रभावित बन्न पुगेका छन् । यात्रुहरु विमानस्थलमा अलपत्र परेका छन् । मंगलबार राती देखि समस्या आएको हो ।
एयर ट्राफिक कन्ट्रोल सिस्टम डाउन भएपछि यस्तो समस्या आएको हुन सक्ने बताइएको छ ।
बाइट हाउसले साइबर आक्रमणको आंशक गदै फेडरल एविएसनलाई छानवीन गर्न निर्देशन समेत दिएको छ । बुधबार मध्यान्ह बिस्तारै अवस्था सहज बनाउने प्रयास भइहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected