अमेरिका स्थित नेपाली दुताबासका कर्मचारीले टेक्ससका सेवाग्राहीलाई धम्काएको आरोप

अमेरिका– अमेरिकाको डिसी स्थित नेपाली दुताबासको कमजोरीका कारण टेक्ससको हयुस्टनमा गाडी तोडफोड गरी मनिअडर र चेक लुटिएको घटना यतिबेला सवैतिर आलोचित बनेको छ ।
सेवाग्राहीको राहदानी नविकरण, नया राहदानी र एनआरएनए कार्डबाट उठेको झन्डै चार करोड हाराहारीको रकम लुटिएएको हो ।
नेपाली दुताबासको आयोजनामा नेपाली समाज टेक्सस, तथा स्थायिन संघसंस्थाको सहकार्यमा गएको डिसेम्बर १५ देखि २० सम्म टेक्ससको ड्यालस लगायतको सहरमा कन्सुलर सेवा संचालन भएको थियो ।
कन्सुलर सेवा सकेर टेक्ससको हयुस्टनबाट डिसी स्थित दुताबास फर्कने क्रममा कागजपत्र तथा मनिअडर र चेक सहितको झोला भएको गाडी पार्किङ गरेर रेष्टुरामा दुताबासका कर्मचारी गएपछि लुटपाट भएको थियो ।
घटनापछि दुताबासले सेवाग्राफीलाई पुरानो मनिअर्डर रद्ध गरेर नया बनाएर पठाउन ताकेता गदै आएको थियो । अहिले दुताबासका कर्मचारीले सेवाग्राहीलाई धम्काउने गरेको कुरा सार्वजनिक भएको छ । दुताबासका कर्मचारीले मनिअर्डर रद्ध गरेर नया किन नपठाको पासपोर्ट र नया एनआरएनए कार्ड नया चाहिदैन भन्दै धम्काएर फोन गर्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । यस बारेमा दुताबास संग बुझन खोज्दै दुताबासका कर्मचारी संग फोन सम्पर्क हुन सकेन ।
नेपाली समाज टेक्सस, ग्रेटर अस्टिन नेपाली सोसाइटी, नेपलिज एशोसिएसन अफ हयुस्टन, सिर्जनसिशल नेपाली समाज हयुस्टन र एनआरएनए टेक्सस च्याप्टरले सेवाग्राहीलाई नया मनीअर्डर बनाएर नपठाएको भन्दै फोन र इमेल मार्फत धम्की दिनु उचित नभएको बताएको छ ।
दुताबासका ढिलासुस्तीका कारण सेवाग्राफीको अति महत्वपुर्ण भ्रमणमा समेत बाधा भएकाले यथासक्य सेवाग्राफीको पासपोर्स र एनआरएनए कार्ड पठाउन अनुरोध गरिएको छ ।
दुताबासको गैरजिम्मेवारी व्यवहार र लार्पावाहीका कारण सेवाग्राहीको तर्फबाट हामीले यो ज्ञापनपत्र मार्फत आवाज उठाउन बाध्य भयौ’ नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लेले भने– सेवाग्राफीलाई थप तनाव नदिन र सेवा छिटो प्रदान गर्न जोडदार माग गर्दछौ ।