अमेरिका– लोकप्रिय मोवाइल एप टिकटक अमेरिकाको २० भन्दा बढी राज्यमा सुरक्षा जोखिमलाई लिएर सरकारी संयन्त्रमा प्रतिबन्ध लगाइएको छ ।
पछिल्लो पटक केन्टकी राज्यको साइबर सुरक्षालाई लिएर टिकटक प्रतिबन्ध लगाइएको हो । अब यी राज्यका सरकारी कर्मचारीले राज्य संयन्त्रको उपकरणमा टिकटक एप चलाउन पाउने छैनन ।
यसैबीच बिस्किन्सन , उत्तरी क्यारोलिना राज्यमा पनि सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर भएको छ । सरकारी संयन्त्र संगै अब अमेरिकामा पुर्ण रुपमा टिकटक प्रतिबन्ध लगाउने तर्फ अमेरिकाको सुरक्षा संयन्त्रले गृहकार्य गरिरहेको समाचार स्रोतले बताएको छ । सुरुमा सरकारी संयन्त्रमा प्रतिबन्ध लगाएपछि भारतमा जस्तै अमेरिकामा पनि टिकटक एपमा प्रतिबन्ध लगाउने तयारी भइरहेको बताइएको छ ।
बिगत तीन वर्ष यता टिकटक एप जसको एक सय मिलियन भन्दा बढी प्रयोगकर्ता पुगेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected