अमेरिकामा १५ वर्षिय किशोरी संग यौन सम्पर्क गर्न खोज्ने श्याम गौली जेल पुगे

अमेरिका– अमेरिकामा १६ वर्ष मुनिका किशोरीलाई यौन सम्बन्ध राख्ने उद्देश्यले छुन पाइदैन । यसो गरेमा यहा“ कडा कानुनको सामना गर्नुपर्ने हुन्छ ।
यस्तै एउटा घटनामा न्युयोर्कमा बसोबास गर्ने ३४ वर्षिय नेपाली श्याम गौली परेका छन् ।
न्युयोर्कको लङआइल्यान्डमा बस्ने उनी १५ वर्षकी किशोरी बन्दै च्याट गर्ने अनलाइन समुह ८१४ प्रेड हन्टरको पासोमा परेका छन् । आफुसंग च्याटमा कुरा गर्ने किशोरी १५ वर्ष को भनेर जान्दा जान्दै पनि यौनसम्पर्कका लागी किशोरीले भनेको ठाउमा पुग्छन् ।
१५ वर्षिय किशोरी बनेर च्याट गर्ने उक्त समुहले उनलार्य क्लियरफिल्ड काउन्डमा बोलाएकी थिइन । उनलाई उक्त समुले प्रहरी बोलाएर तेहीबाट पक्राउ गरिएको थियो । अहिले गौली २ लाख डलर जमानत बुझाउन नसकेपछि जेलबाट निस्कन पाएका छैनन ।

१६ वर्ष भन्दा कम उमेरका किशोरीलाई यस्तो हरकत गरे वापत कानुनी कार्वाही संगै नेपाल फर्काइएका नेपालीहरु छन् । केही वर्ष अघि क्यालिफोर्र्नियमा १५ वर्षिया किशोरीलाई १९ वर्षको उमेर हुदा सम्म पाच वर्षसम्म ७३८ पटक बलात्कार गरेको ठहर गदै जनकपुरका अजयकुमार देव ३७८ वर्षको जेल सजाय अमेरिकामा काटीरहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected