अमेरिका– अमेरिकामा अबैध औषधी आयात गर्ने एक भारतीय मुलका व्यक्तिलाई सात वर्षको जेल सजाय भएको छ ।
अमेरिकाको वासिङटनमा ३४ वर्षिय भारतीय मनिष कुमारलाई अन्तराष्ट्रिय नसालु औषधी तष्करीको आरोपमा जेल सजाय सुनाइएको हो । उनले भारत तथा सिंगापुरबाट नसालु औषधी बोकेर अमेरिका ल्याएर लाखौ डलरमा बिक्री गर्ने गरेका थिए । जुन औषधी अमेरिकामा अवैध र अस्वीकृत रहेको छ । उनलाई रिहा पछि पनि तीन महिना निगरानीमा र एक लाख अमेरिकी डलर जमानत बुझाउन अदालतले आदेश दिएको छ । उनले यसरी अबैध तवरले धन्दा चलाएर ३ दशमलव ५ मिलियन डलर भन्दा बढी कमाएको देखिन्छ । उनी भारतको मुम्बई स्थित एउटा औषधी कम्पनीको पार्टनर समेत रहेको खुलेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected