अमेरिका– अमेरिका तथा चीन बीच २०२५ मा युद्ध हुन सक्ने अमेरिकी वायुसेनाका एक जनरलले दाबी गरेका छन् ।
अमेरिकी वायुसेनाका हवाई मोबिलटी कमान्डका प्रमुख जनरल माइक मिनिह्यानले यस्तो दाबी गरेका हुन । उनको यो भविष्यवाणी संगै विश्वमा यतिबेला तरंग ल्याएको छ ।
उनले भनेका छन्– म गलत हुन सकुला तर मेरो मनले भन्छन् अमेरिका तथा चीन बीच २०२५ मा युद्ध हुन सक्नेछ ।
उनका अनुसार २०२४ मा अमेरिका तथा ताइवानमा राष्ट्रपति चुनाव हुदैछ । यो दौरान अमेरिकाको ध्यान ताइवानबाट हटनेछ । यो अवस्थामा चीनले ताइवानमा हुने राष्ट्रपति चुनावको फाइदा उठाउनेछ । जनरल माइकलले चीन संगको युद्धका लागी अमेरिका तयार रहनुपर्ने बताएका छन् ।
उनले बाइडेन प्रशासन कमजोर रुपमा प्रस्तुत भइरहेको आरोप लगाएका छन् । उनले बाइडेन प्रशासनले अफगानिस्तानमा गरेको कमजोरीको कारण रुसी राष्ट्रपति पुटिनले युक्रेन माथि आक्रमण गरेको आरोप लगाए । यसैको फाइदा चीनले उठाउन सक्ने भएकाले अमेरिका चीन युद्धको संभावना बढेको बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected