अमेरिकाको क्यालिफोर्नियास्थित स्यान्टा क्लोरिटाको हाइस्कुलमा बिहीबार बिहान बन्दुक आक्रमण हुदा एक जनाको घटनास्थलमै मुत्यु भएको छ । अस्पतालमा उपचारकै क्रममा एक महिलाको मुत्यु भएको हो ।
घटनामा तीन जना गभीर घाइते भएका छन् भने आक्रमणमा कयौ घाइते भएको प्रहरीले जनाएको छ । लस एन्जल्सबाट ४० माइलको दुरीमा रहेको साउगुस हाइस्कुलमा उक्त घटना भएको हो । लस एन्जल्स अग्निी नियन्त्रणका अनुसार घटनामा कयौ घाइते भएका छन् । स्कुल सुरु हुनु भन्दा केही अगाडी उक्त बन्दुक आक्रमण भएको थियो । घटना पछि विद्यालय बन्द गरिएको छ । एशियन मुलका कालो कपडा लगाएका अन्दाजी १५ वर्षका विद्यार्थीले गोली चलाएकाे  प्रहरीकाे हवला दिदै विदेशी संचारमाध्यमले जनाएका छन् ।

अमेरिकाको विद्यालयमा भएको यो वर्षको ३० औ बन्दुक आक्रमण भएको जनाइएको छ । ९ देखि १२ कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा २५ सय विद्यार्थी अध्ययनरत छन् ।
अमेरिकामा पछिल्लो क्रममा विद्यालय, कन्र्सट तथा बारमा बन्दुक हमलाका घटना बढीरहेका छन् ।
अमेरिकाको एक सरकारी तथ्याङक अनुसार २०१९ मा अहिलेसम्म २ सय ६० भन्दा बढी बन्दुक आतंकका घटनाहरु भएका छन् । घटनामा ५ सय ३० भन्दा बढीको ज्यान जानुका साथै २ हजार ५० भन्दा बढी घाइते भएका छन् ।

तस्वीर एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected