अब अमेरिका नागरिकता पाउन पनि महंगो पर्ने भएको छ । ट्रम्प प्रशासनले अमेरिकी नागरिकताको शुल्क भारी रुपमा बृद्धि गर्ने प्रस्ताव गरेपछि महंगो पर्न गएको हो । पछिल्लो साता ट्रम्प प्रशासनले एच वान–बी भिषाको आवेदनमा समेत शुल्क वृद्धि गरेको थियो ।
सिन्हुवा न्युज एजेन्सीले अमेरिकाको गृह सुरक्षा विभागको हवाला दिदै अमेरिकी सिटीजनसिप एण्ड इमीग्रेसन सर्विसेज (युएससिआइएस) ले आप्रवासन तथा नागरिकता आवेदनको शुल्क बढाउने प्रस्ताव गरेको हो ।
सामाचार स्रोतका अनुसार अमेरिकी नागरिकता शुल्क ६ सय ४० डलर बाट १ हजार १ सय ७० डलर हुनेछ । कानुनी स्थायी बसोबास सम्बन्धी शुल्क बढेर २ हजार १ सय ९५ डलर हुनेछ । यसका साथै शरणार्थीका लागी लिइने आवेदन शुल्क पनि बढाउने प्रस्ताव गरिएको छ । यसरी सार्वजनिक गरिएको प्रस्तावका लागी अमेरिकी नागरिकको राय लिन १६ डिसेम्बर सम्मको समय सिमा तोकिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected