‘गैरआवासिय नेपाली नागरिकतालाई अन्तिम रुप दिने तयारी–कानुन मन्त्री ढकाल
I
न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले गैरआवासिय नेपाली नागरिकताको कार्यान्वयन अन्तिम चरणमा पुगेको बताएका छन् ।
उनले एनआरएनए नागरिकताको विषयमा दलत विमती नरहेको बताउदै कार्यान्वयनमा केही ढिलाई भइरहेको बताए ।
गैरआवासिय नेपाली संघ टेक्सस ड्यालस च्याप्टरको आयोजनामा शनिवार युलेस स्थित गोरखा रेष्टुरेन्टमा आयोजीत गैरआवासीय नेपाली कानुनको विषयमा आयोजीत कार्यक्रममा संसदीय समितिमा पुगेको गैरआवासिय नेपाली नागरिकता विद्येयक आगामी हिउदे सम्ममा कार्यान्वयनमा आउने आशय व्यक्त गरे ।
गैरआवासिय नेपाली नागरिकताको विषयमा गृहकाय भइरहेको छ’ उनले अगाडी भने– ‘राजनितिक बाहेकको सबै अधिकार सहितको गैरआवासिय नागरिकताका लागी अन्तिम रुप दिने तयारी भइरहेको छ ।’
राजनितिक बाहेकको नागरिकता अधिकारी संविधानमा समावेश भइसकेको बताउदै उनले कार्यान्वयन प्रकृया लामो भएको स्वीकादै यसको सिमाहरुलाई गैरआवासिय नेपालीहरुले बुझनुहुनेछ भन्नेमा आफु आशावादी रहेको बताए ।
उनले पछिल्लो समय २ सय ३८ वटा कानुन संविधानबाट बनेको जानकारी दिदै ३–४ वटा मात्रै बाझिएर रोकिएको प्रष्टाए । यसमा नागरिकताको अधिकार पनि कार्यान्वयन हुन नसकेको बताए ।
उनले गैरआवासिय नेपालीलाई नेपालमा रहेको आफनो जाय जेथा सम्पत्तिबाट वञ्चित भइन्छ की भन्ने एउटा तरंग रहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे । गैरआवासिय नेपालीको पुखौली सम्पत्तिको सुरक्षा संगै किनबेच लगायतको सबै अधिकार सुरक्षीत रहेको आश्वस्त पारे । तपाई गैरआवासिय नेपालीको नेपालमा रहेको सबै सम्पत्ति सुरक्षीत हुन्छ, ढुक्क रहनु होला–उनले भने–‘सम्पत्ति हरण नहुने ग्यारेन्टी कानुनले गरेको छ ।’ कानुन पालना र कार्यान्वयनमा वर्तमान सरकार प्रतिवद्ध रहेको उनले बताए ।
उनले पछिल्लो समय भारतले नेपाली सिमा आफनो नक्सामा पारेको विषयमा सरकार अडिक रहेको बताए । हाम्रो भुभाग हो भनेर छिेमकी भारतलाई बुझाउछौ , उनिहरुले पनि छिट्र्ट यो कुरालाई बुझने छन्’ उनको कथन थियो ।
कार्यक्रमा एनआरएनए सचिव गौरीराज जोशी, एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाह,एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्याल तथा सचिव सोफिन थापाले गैरआवासिय नेपालीलाई मुलुकमा लगानी र विकासको वातावरण बनाईदिन आग्रह गरेका थिए ।