टेक्ससमा किरात राईहरुले साकेला उभैाली धुमधाम मनाए
टेक्सस-किरात राई सेासाईटी अफ अमेरिका टेक्सस च्याप्टरले शनिवार युलेश बियरक्रिक पार्कमा साकेला उभैाली पर्व कार्यक्रम आयेाजना गर्येा ।
वैशाख पूर्णिमादेखि मनाइने उभौली पर्व र साकेला नृत्यसँगै किरातीहरुले आफ्नो वेशभूषा पहिरन, मौलिक खाना र रहनसहन प्रस्तुति गरेर संस्कृति संरक्षण गर्ने अभियानसमेत कार्यक्रम गरेकेा हेा ।
अहिले नेपाललाई पश्चिमी संस्कृतिले गाँजेर हाम्रा संस्कृति छियाछिया बनाएको बेला उभौली पर्वमा किराती राईहरुले आफ्ना वेशभूषा र सांस्कृतिक पहिरन लगाउनु तथा आफ्ना जातीय खानाको परिकार खानु उभौली पर्वको संरक्षणमा जोड दिएका थिए ।
कार्यक्रममा सेासाईटीका टेक्सस च्याप्टर अध्यक्ष दिलिप राईले विदेशमा रहेर पनि आफनेा पर्व र संस्कृतिलाई संरक्षण गर्न आफुहरु निरन्तर लागीरहेको बताए ।
कार्यक्रममा युलेश सिटी काउन्सिलका सदस्य टिका पैाडेलले किरात राईहरुले विदेशी भूमीमा पनि एकजुट भएर आफनो परम्परालाई धानिरहेकेामा प्रशसा व्यक्त गरे ।
कार्यक्रममा तामांग सेासाईटी टेक्ससका अध्यक्ष सूर्य मेाक्तान किरात राई सेासाईटी टेक्ससका उपाध्यक्ष प्रदिप राई लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा आफनेा जातिय पहिरनमा महिला तथा पुरुषले साकेला नृत्य प्रस्तुत गरेका थिए ।
किराँत समुदायमा प्रचलित भनाइ अनुसार किराँत राईहरूको सृष्टिकर्ता पारुहाङ र सुम्निमालाई खुसी एवं प्रसन्न बनाउन सर्वप्रथम यो नाच नाचिएको थियो भन्ने किराँती बुढापाकाको भनाइ छ।
कार्यक्रममा यस अघि भूमी पूजा गरिएकेा थियेा ।
किराँत राईहरूले प्रमुख चाडका रूपमा मान्ने चाडमा उभौली (वैशाख पूर्णिमा) र उधौली (मङ्सिरे पूर्णिमा) साकेला पर्व हो। किराँतहरुको देवी र देवता सुम्निमा (पार्वती) र पारुहाङ (शिव) को उत्पतिसँगै यो चाड मानिँदै आएको छ।
किराँत राईका पुर्खाहरुको भनाइ अनुसरा यो पर्वमा बाली लगाउने समयमा वर्षा प्रशस्त होस्, दैवीप्रकोप नपरोस्, आफ्नो समुदायमा रोगव्याधि नलागोस्, सुखशान्ति छाओस् भनेर उभौली मानिन्छ। त्यस्तै अन्नबाली पाकिसकेपछि प्रकृतिबाट धनधान्य एवं सुखशान्ति प्राप्त भयो भन्ने सन्देश दिन र आउने समयमा पनि यस्तै रहोस् भन्ने कामना सहित मनाउने गरिन्छ ।