साझा पार्टीले पोखरा महानगरपालिका २० भलाममा सम्पर्क कार्यालय स्थापना गरेको छ । कास्की २ मा हुन लागेको उपनिर्वाचनको मिति नजिकिएसँगै मतदाता भेटघाटमा सक्रिय बनेको पार्टीले एक कार्यक्रमका बीच शनिबार सम्पर्क कार्यालय स्थापना गरेको हो ।

चुनावलाई मध्यनजर गर्दै सो सम्पर्क कार्यालय स्थापना गरिएको पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले जानकारी दिए । सम्पर्क कार्यालय स्थापना पछि बोल्दै पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी के.सीले अब मन र मत परिवर्तन गर्नुपर्ने समय आएको बताईन् ।

उनले भारतले नेपाली भूमि मिचिरहेका बेला सरकार अझै मुकदर्शक बनेको भन्दै यो विषयमा तत्काल पहल गर्न माग गरिन् । देशमा भ्रष्टाचारको समस्या व्याप्त रहेको बताउँदै उनले साझा पार्टी भ्रष्टाचार विरुद्व आवाज उठाउने र विकासप्रेमी पार्टी भएको जिकिर गरिन् ।

‘देशका सिमा दिनानुदिन मिचिँदा पनि कुनै पहल नगरी सरकार मुकदर्शक बनेको छ,’ उनले भनिन्, ‘देशमा भ्रष्टाचार व्याप्त छ, सरकार काण्डैकाण्डमा मुछिएको छ, अब मत परिवर्तन गुर्नुपर्ने समय आयो ।’

पार्टीका जिल्ला संयोजक खनालले राजनीतिको मुहान नै फोहोर भइसकेको टिप्पणी गरे । युवाले देश चलाउनुपर्नेमा जोड दिँदै उनले प्रश्र गरे, ‘देशका अभिभावकहरु नै गतिलो नभएपछि अरुले के गर्ने ?, राजनीतिको मुहान नै फोहोर भैसक्यो, अब कास्कीबासीले परिवर्तनको सन्देश दिनुपर्छ ।’

चुनाव लक्षित घरदैलो र कोणसभा कार्यक्रममा सक्रिय बनेको पार्टीले शनिबार पोखरा २० भलाममा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रममार्फत जनतासामु पुग्दा जनताले पनि परिवर्तन खोजेको पाएको जिल्ला संयोजक खनालले बताए । आइतबार पोखरा २१ मा घरदैलो कार्यक्रम गरिने पार्टीले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected