जापान-जापानको मियागी प्रान्तमा सडक दुर्घटनामा परी दुईजना नेपाली विद्यार्थीको निधन भएको छ । मृत्यु हुनेमा काभ्रेका २२ वर्षीय नवराज तामाङ र ओखलढुंगाका २७ वर्षीय युवराज थापा रहेका छन् ।

मे १६ सोमबार राति करीब सवा आठ बजे काममा जाने क्रममा ४० जना नेपाली विद्यार्थी सवार बसमा खराबी आएपछि परीक्षण गरिँदा ट्रकले ठक्कर दिएर उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य दुई नेपाली सामान्य घाइते भएका छन् ।

दुर्घटनामा परी बस चालक ५० वर्षीया जापानी महिलाको पनि निधन भएको छ । त्यस्तै ३० वर्षीय ट्रकचालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected