अमेरिकाको पेन्सिलभेनियाबाट हराएको १३ वर्षिय नेपाली बालक अधिकारी भेटिए
अमेरिकाको पेन्सिलभेनियाको हयारिसवर्ग स्थित आफनै घरबाट हराएका १३ वर्षिय असिफ अधिकारी सुरक्षीत भेटिएका छन् ।
उनी सुरक्षीत रुपमा घर पुगेको स्थानिय प्रहरीले संचारमाध्यमहरुलाई जानकारी दिएको हो । उनी शुक्रबार स्थानिय समुदायको पहलमा फेला परेका थिए । उनी के कारणे घर छाडेर हिडेका थिए केही खुल्न सकेको छैन ।
प्रहरीका अनुसार उनी गएको जुन ११ तारिख घर छाडेर हिडेका थिए । त्यस यता उनी सम्पर्कबिहीन भएका थिए । नेपाली भुटनिज कम्युनिटी हयारिसवर्गले खोजीका लागी प्रहरी संग समन्वय गरेको थियो । प्रहरीले उनको खोजीको लागी सहयोग गर्ने स्थानिय समुदायलाई धन्यवाद दिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...