भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकामा भ्रमणको तयारी भइरहेको छ ।
उनी अमेरिका नआउदा यता भने उनको स्वागतका लागी भव्य तयारी भइरहेको छ । अमेरिकाको वासिंटनडिसी स्थित व्हाईटहाउस बाहिर मोदीको स्वागतका लागी भारतीय झण्डा फराइएको छ ।
भारतीय प्रधानमन्त्री मोदी राष्टपति जो बाइडेन तथा प्रथम महिला जिल बाइडेनको निमन्त्रणमा अमेरिकाको विशेष यात्रा गर्न लागेका हुन । मोदीले जुन २० देखि २४ सम्म अमेरिकाको यात्रा गर्नेछन् ।
मोदीले जुन २२ मा अमेरिकी काग्रेसको संयुक्त बैठकलाई पनि संबोधन गदैछन् । मोदीले यस अघि २०१६ मा अमेरिकी काग्रेसलाई संबोधन गरेका थिए ।
मोदीले अमेरिका भ्रमणका लागी क्रममा उपराष्टपति कमला ह्यारिस, विदेश मन्त्री एन्टोनी ब्लिकन लगायत अति विशिष्ट व्यक्तिहरुलाई समेत भेटघाट गर्ने भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected